Posted by Budhathoki Driving

सुरक्षित ड्राइभिङ्गका लागी चालकले दैनिक जाँच गर्नु पर्ने कुराहरु

Buddhathoki driving safe driving practices

बुढाथोकी ड्राइभिङ प्रस्तुत गर्दछ सुरक्षित ड्राइभिङ्गका लागी चालकले दैनिक जाँच गर्नु पर्ने कुराहरु:

👉 चक्कामा हावाको प्रेसर ठीक छ/छैन जाच्ने ।
👉 आवश्यक मात्रामा मोबिल भए नभएको हेर्ने ।
👉 रेडिएटरमा पानी वा कुलान्ट वाटरको अवस्था चेक गरि कमी भए थपिदिने ।
👉 पेट्रोल वा डिजल आवश्यक मात्रामा छ/छैन हेर्ने ।
👉 गाडी स्टार्ट गरी अलि अगाडि बढाएर ठीकसँग ब्रेक लाग्छ/लाग्दैन जाँच गर्ने ।
👉 गाडीका कुनै नट बल्टुहरु खुकुलिएका वा झरेका छन्/छैनन् हेरी नभए ठीक गर्ने ।
👉 फिल्टर र स्पार्क प्लक ठीक भए/नभएको चेक गर्ने ।
👉 व्याट्री डिस्टील वाटरको लेवल चेक गरी कमी भए थप्ने ।
👉 एम्पियर मिटर चेक गरी ठीक नभएको भए ठीक गर्ने ।
👉 गाडीका सवै बत्तिहरु ठीकसँग बल्छन् बल्दैनने चेक गर्ने ।

सुरक्षित ड्राइभिङ्ग सम्बन्धी जानकारी
👉 गाडी चलाउँदा सीट बेल्ट र मोटरसाईकल÷स्कुटर चलाउँदा हेलमेट लगाऔँ ।
👉 मोवाईल फोनमा कुरा गर्दै सवारी नचलाऔँ ।
👉 ट्राफिक बत्ति, इशारा, चिन्ह र रोड मार्किङ्गको पालना गरी सवारी चलाऔँ ।
👉 सडकको अवस्था हेरी सवारीको गति परिवर्तन गरौँ ।
👉 प्राथामिक उपचारको बाकस सधैँ साथमा राखौँ ।
👉 ठूलो आवाजमा म्युजिक सुनेर सवारी नचलाऔँ ।
👉 राती सवारी चलाउँदा खुल्ला बाटो भएता पनि सिमित गतिमा चलाऔँ ।
👉 क्षमता भन्दा बढी यात्रु वा सामान बोक्ने नगरौँ ।
👉 अनावश्यक रुपमा हर्नको प्रयोग नगरौँ ।
👉 उपयुक्त गियरमा सवारी चलाऔँ ।
👉 मादकपदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी नचलाऔँ ।
👉 शाखा सडकबाट मूल सडकमा निस्कदा मूल सडकमा चल्ने सवारीहरुलाई प्राथमिकता दिऔँ ।
👉 अरु सवारी चालकहरुले दिएको संकेत र ईशारालाई ख्याल राखेर मात्र सवारी चलाऔँ ।
👉 उकालोमा आउदै गरेको सवारीलाई साइड दिने गरौँ ।
👉 सडकमा अन्धा, अपाङ्ग र केटाकेटीप्रति सावधानी अपनाई सवारी चलाऔँ ।
👉 गियर बदल्दा र हातले ईशारा दिनुपर्दा बाहेक अरु अवस्थामा दुवै हातले स्टेरिङ्ग समाऔँ ।
👉 ओभरटेक गर्दा अगाडि–पछाडि र दायाँ–बायाँ हेरी सुरक्षित भएर मात्र ओभरटेक गर्ने बानी बसालौँ ।
👉 प्रतिस्पर्धा र हतारमा सवारी नचलाऔँ ।
👉 आफुले चलाउने सवारी मर्मत र सम्भारमा ध्यान पु¥याऔँ । यदि गाडिको कन्डिसन ठीक छैन भने जबरजस्ती गुडाउने नगरौँ ।
👉 ज्यादै रिस, आवेश, मानसिक तनाव, थकाई लागेको र अस्वस्थ्य अवस्थामा सवारी नचलाऔँ ।

सुरक्षित गाडी चलाउन सिक्न र ड्राइभिङ्ग लाइसेन्स परीक्षा ट्रायलको लागि आजै बुढाथोकी ड्राइभिङ्ग लाई सम्पर्क गर्नुहोस ।

Budhathoki Driving School Contact
📱 9841234552, 9818691550 (Kathmandu)
📱 9851158870, 9818961896 (Itahari)

Tags:

About Author

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *