Posted by Budhathoki Driving

बिग्रिएका सवारी साधनको मर्मत #vehiclemaintenance tips

Driving vehicle maintenance

सवारी चालकले सवारी साधनको कुनै पनि पार्टपुर्जाले राम्ररी काम नगरेमा जतिसक्दो चाँडो मर्मत गर्नुपर्छ । अहिले चलिहाल्छ फुर्सदमा गरौला भनि हेलचक्¥याई ग¥यो भने त्यसले ठूलो धनजनको नोक्सान पु¥याउन सक्छ । जस्तो क्लच सजिलै नलागेर कराउन गयो भने, कुनै चक्कामा हावा कम भएर सवारी साधन लरबरियो भने, घुमाउने सारो भयो भने, इञ्जिनमा कुनै आवाज वा गन्ध आयो भने हेलचेक्¥याई गर्नुहुदैन, तुरुन्तै मर्मत गर्नुपर्छ । मर्मत जहाँसुकै र जोसुकैसँग नगराएर पाएसम्मद क्ष मिस्त्रीद्वारा राम्रो वर्कशपमा गराउनु पर्छ । वर्कशपसम्म तानेर लैजाँदा तान्ने साधन तन्किने र खुम्चिने नभएर रड वा डण्डी आदिको प्रयोग गरी होसियारी पूर्वक लैजानुपर्छ । पाएसम्म त्यही कम्पनीको सक्कली पार्टपार्जु लगाउनु पर्छ । बरु समय लागोस् र केहि खर्च बढी होस । सिपालु मान्छेद्वारा सक्कली पूर्जा झिकाएर मर्मत गर्नु राम्रो हुन्छ । जस्ले गर्दा सवारी साधनको राम्रो सदुपयोग गर्न सकिन्छ ।

अचानक गाडी बिग्रदा चालकले गर्नु पर्ने कार्यहरु

सडकमा सवारी साधन चलाउँदा विभिन्न किसिमका आपतकालिन अवस्थाहरु आई लाग्छन । यस्ता अवस्थाहरु सवारीको मेकालिकल गडबढी तथा चालकको लापरवाहीबाट आउने गर्दछन । यस्तो अवस्था आउना साथ चालकहरुमा तुरुन्त त्यसको समाधान गर्न सक्ने योग्यता हुनुपर्दछ ।

यसरी गाडी बिग्रनसाथ सर्वप्रथम गाडीलाई आवागमनमा बाधा नपुग्ने गरि साइड लगाउनु पर्दछ । अझ सकिन्छ र ठाउँ छ भने सो गाडीलाई सडक बाहिर नै लगेर मर्मत गरे धेरै राम्रो हुन्छ । बिग्रिएको सवारीको अगाडि पछाडि उचित र निश्चिन दूरीमा खतरा जनाउने त्रिकोण चिन्ह वा रुखको हाँगो राखि अन्य सवारीलाई संकेत गराउनु पर्छ । सवारी मर्मत गरिसकेपछि सडकमा मोबिल वा अन्य लुब्रिकेन्ट पोखिएको भए राम्ररी सफा गरिदिई मर्मत गर्दा प्रयोगमा लगाइएको ढुंगाका ओट, औजार र अन्य सरसामान सबै हटाईदिनु पर्छ ।

सुरक्षित गाडी चलाउन सिक्न र ड्राइभिङ्ग लाइसेन्स परीक्षा ट्रायलको लागि आजै बुढाथोकी ड्राइभिङ्ग लाई सम्पर्क गर्नुहोस ।

Budhathoki Driving School Contact
📱 9841234552, 9818691550 (Kathmandu)
📱 9851158870, 9818961896 (Itahari)

Tags:

About Author

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *