Posted by Budhathoki Driving

सवारी साधनको सर्भिसिङ्ग #vehicleservicing tips

vehicle servicing tips

सवारी साधनको निश्चित सर्भिसिङ्ग हाम्रो शरिरको नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने जस्तै हो प्रत्येक ६ महिना वा बर्ष दिनमा हाम्रो शरीरको स्वास्थ्य परीक्षण गरायो र कुनै दिन कमी कमजोरी देखिएका बेलैमा औषधी उपचार गरियो भने एकातिर शरीर स्वास्थ्य रहन्छ भने अर्कोतिर कम खर्चमा ठूलो सम्भावित रोगबाट बाँच्न सकिन्छ ।

त्यस्तै सवारी साधनलाई पनि प्रत्येक ३/३ महिना वा ६/६ महिनामा अथावा प्रत्येक ५००० हजार कि.मि. चलिसकेपछि नियमित सर्भिसिङ्ग गराइयो भने थोरै खर्चमा ठूलो–ठूलो मर्मतबाट हुने खर्च जोगिन सकिन्छ । हेलचेक्¥याईले विना मर्मत चलाउँदा इञ्जिनमा खराबी आयो भने हजारौले हुने मर्मत लाखौले पनि पुग्दैन । यसकारण नियमित सर्भिसिङ्ग गराएमा ठूलो खर्चबाट र सम्भावित ठूलो दुर्घटनाबाट हुने धनजनको क्षतिबाट जोगाउन सकिन्छ भने आयु पनि लामो हुन्छ ।

चल्दा–चल्दैको चल्न छोड्यो अथवा चल्नमा गड्बड् भयो भने चालकले तुरुन्तै मर्मत गर्न सक्ने योग्यताको हुनुपर्छ । यस्तो भएमा सही तरिकाले बनेट खोल्नुपर्छ, केही गड्बढी भए देखिन्छ । ब्याट्री कमजोर भएर नचलेको भए ब्यट्री खोल्न जान्नुपर्छ र चार्ज भएपछि फीट गर्न जान्नुपर्छ । ड्राइभरले सानो तिनो मर्मत गर्न जान्नुपर्छ जस्ले गर्दा छोटो समयमै मर्मत गरी गन्तव्यसम्म पुग्नु सकिन्छ ।

चालकले बेलाबेला जाँच गर्नुपर्ने कुराहरु

👉 चक्कामा हावाको प्रेसर चेक गर्ने ।

👉 नम्बर प्लेट कुच्चिएको, कोरिएको र बिग्रिएको भए बनाउने ।

👉 नम्बर प्लेट सफा नभए पुछी सफा बनाउनु पर्छ ।

👉 गिएर बक्समा तेल कमी भए थपेर पुरा गर्ने ।

👉 साना सवारी भए प्रत्येक १५०० कि.मि. र ठूला सवारी भए प्रत्येक ५००० कि.मि. गुडेपछि सर्भिसिङ्ग गराउनु पर्ने भएको हुदा अवधि पुगे नपुगेको ख्याल गर्ने ।

👉 डिस्टिल वाटरले व्याट्री भित्रका प्लेटहरुलाई छोपेको छ/छैन हेरी नछोपिएको भए थप्ने ।

👉 प्रोपेलर साफ्ट र स्टेरिङ्ग आदिमा ग्रिजगनद्वारा ग्रिज लगाउने ।

👉 बेला बेला पार्टपुर्जाको जोर्निहरुमा अलिअलि ग्रिज हालिदिनु पर्छ ।

सुरक्षित गाडी चलाउन सिक्न र ड्राइभिङ्ग लाइसेन्स परीक्षा ट्रायलको लागि आजै बुढाथोकी ड्राइभिङ्ग लाई सम्पर्क गर्नुहोस ।

Budhathoki Driving School Contact
📱 9841234552, 9818691550 (Kathmandu)
📱 9851158870, 9818961896 (Itahari)

Tags:

About Author

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *